सरकार सञ्चालनसँगै नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फः रवि लामिछाने (भिडिओ)

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताएका छन् ।
शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले पार्टीले चुनावअघि आम नागरिकलाई गरेको वाचा पूरा गर्न शुरु गरिसकेको दाबी गरेका हुन् । अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उनको भनाइ छ ।
उनले सरकार नागरिकसँग गरेका वाचाहरु पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे । ‘पार्टीले आम नागरिकलाई गरेको जुन वाचा थियो आज हामीले त्यो पुरा गरेका छौँ । अब वाचापत्रमार्फत जनताको जनजिविकामा परिवर्तन ल्याउने जुन वाचा हामीले गरेका छौँ त्यो पुरा गर्ने दायित्व र जिम्मेवारी हामीसँग छ । मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पनि पुरा गर्छौं’ उनले भने ।
प्रधानमन्त्री आलोपालो हो कि पुरै कार्यकाल बालेन्द्र साहले चलाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्योबारे कुनै सल्लाह नभएको जवाफ फर्काए ।








