बालेन सरकारको पहिलो क्याबिनेट: कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसहित ४ निर्णय

काठमाडौँ । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको पहिलो बैठकले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनसहित चार महत्त्वपूर्ण निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले शासकीय सुधार र आन्दोलनसम्बन्धी विषयमा केन्द्रित निर्णयहरू गरेको छ ।

सरकारले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ ।

सरकारको शासकीय सुधारका ‘सय कार्यसूची’ स्वीकृत गर्ने निर्णय गरिएको पोखरेले बताए ।  भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =