चलचित्र ‘हामी तीन भाइ’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ ।

दाजुभाइको सम्बन्ध, प्रेम र दरारको कथा रहेको चलचित्र ‘हामी तीन भाइ’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको हो ।

यस चलचित्रलाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् ।

कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटाको अभिनय छ ।

प्रसिद्धी सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =