गगन थापालाई हराएका अमरेश उद्योगमन्त्री बन्दै

काठमाडौँ । अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।

सरकारी स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारको क्रममा सिंहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका थिए ।

उनको मन्त्री नियुक्तिलाई सरकारको शक्ति सन्तुलन र क्षेत्रीय प्रतिनिधित्व मिलाउने रणनीतिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =