भिरबाट लडेर चुरे गाउँपालिकाका वडासदस्यको मृत्यु

कैलाली । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए, तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =