कलाकार संघको नेतृत्वका लागि उत्तम-सविनबीच प्रतिस्पर्धा

काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि कलाकार उत्तम केसी र सविन श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसपटक अध्यक्ष पदमा अघिल्लो र नयाँ पुस्ताका कलाकारहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै कलाकार उत्तम केसी र नयाँ पुस्ताका कलाकार सविन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

उनीहरूलाई अन्य कलाकार तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमा बधाई तथा समर्थन गरिरहेका छन् ।

यही चैत २८ गते संघको २१औँ साधारण सभा तथा चुनावी महाधिवेशन आयोजना गरिएको छ ।

वि.स. २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =