जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दूतावासको विरोध

काठमाडौं । मंगलबार एक जापानी अपराधी जबरजस्ती दूतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दूतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै जापानसँग जिम्मेवारपूर्ण स्पष्टीकरण माग गरेको छ ।

दूतावासका अनुसार मंगलबार बिहान जापान आत्मरक्षा बलका बहालवाला अधिकारी भएको दाबी गर्ने एक व्यक्तिले पर्खाल नाघेर जबरजस्ती दूतावासभित्र प्रवेश गरी चिनियाँ कूटनीतिक कर्मचारीहरूको हत्या गर्ने धम्की दिएका थिए । यस घटनाले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको गम्भीर उल्लङ्घन गरेको र दूतावासका कर्मचारी एवं परिसरको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको दूतावासले जनाएको छ । यो अत्यन्त गम्भीर प्रकृति र प्रभावको कार्य भएको दूतावासको ठहर छ ।

यस परिस्थितिद्वारा जापानमा अति-दक्षिणपन्थी विचारधारा र शक्तिहरूको व्यापक विस्तार तथा आत्मरक्षा बलको अनियन्त्रित विस्तारले निम्त्याएको खतरालाई पुनः पुष्टि गरेको छ । जसप्रति अन्तर्राष्ट्रिय समुदायले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । दूतावासले जापानको परराष्ट्र मन्त्रालयसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध दर्ता गराएको बताउँदै जापानी पक्षलाई तत्काल विस्तृत अनुसन्धान गर्न, संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र चिनियाँ पक्षलाई जिम्मेवारपूर्ण स्पष्टीकरण दिन आग्रह गरेको छ ।

यसका साथै दूतावासले चिनियाँ कूटनीतिक तथा कन्सुलर कर्मचारी, परिसर र त्यहाँ रहेका चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र यस्ता घटनाहरू पुनः दोहोरिन नदिन जापानलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =