अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिकको अन्त्येष्टि

काठमाडौं । अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पिएमएफ) का सदस्यहरूको मंगलबार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ ।

एक सुरक्षा स्रोतले जानकारी दिएअनुसार पश्चिमी प्रान्त अन्बारमा मंगलबार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमान्डर समेत रहेका थिए । पिएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लङ्घनको संज्ञा दिएको छ ।

यस कार्यले अन्तर्राष्ट्रिय कानुन वा मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको कुरामा समेत सो सङ्गठनले जोड दिएको छ । साथै, पिएमएफले इराकका राजनीतिक शक्तिहरूलाई यस्ता गम्भीर उल्लङ्घनहरू अन्त्य गर्न र देशको सार्वभौमसत्ताको रक्षाका लागि स्पष्ट र दृढ अडान लिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =