सानेपामा सुरु भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठक हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो ।

नेपाली कांग्रेसले चुनावमा अप्रत्याशित पराजय व्यहोरेको थियो । बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा प्रस्तावमाथि छलफल हुनेछ । निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =