टोकियोमा १० हजारभन्दा बढी जापानीद्वारा प्रधानमन्त्रीका नीतिविरुद्ध प्रदर्शन

काठमाडाैं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजारभन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङबाहिर भेला भएका प्रदर्शनकारीहरूले ‘युद्ध नगरौँ’ र ‘संविधान संशोधनको विरोध गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले जापानको शान्तिवादी संविधानको रक्षा गर्न र शान्ति कायम राख्न माग गरेका छन् ।

सन् १९४७ देखि लागु भएको जापानको संविधानलाई शान्तिवादी संविधानका रूपमा चिनिन्छ । यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारका रूपमा युद्ध र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन बल प्रयोग वा धम्की दिने कार्यलाई सदाका लागि त्याग गरेको उल्लेख छ ।

प्रधानमन्त्री ताकाइची र अन्य दक्षिणपन्थी राजनीतिज्ञहरूले लामो समयदेखि धारा ९ लाई संशोधन गर्ने प्रयास गर्दै आएका छन् । संविधान संशोधनप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रधानमन्त्रीले हालै पुनः दोहोर्‍याएपछि जापानभर यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =