अपाङ्गता भएकाहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण

दमौली (तनहुँ) । बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको छ ।

समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको हो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेलले पालिकाका छवटै वडाबाट एक/एक जना गरी छ जना लाभग्राहीलाई प्रतिव्यक्ति नगद रु १० हजारका दरले बीउ पुँजी प्रदान गरिएको जानकारी दिए ।

बीउ पुँजी प्राप्त गर्ने लाभग्राहीहरूमा बन्दीपुर गाउँपालिका–१ का अभिषेक खड्का, २ का डेबु कार्की, ३ का पहलसिंह नेपाली, ४ का हिराबहादुर थापा, ५ का प्रेमबहादुर गुरुङ र ६ का सविना थापा रहेका छन् । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बीउ पुँजी सानो भए पनि आयआर्जनमूलक कार्य सुरु गर्न प्रोत्साहनका लागि सहयोग गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =