प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा
२०८२ चैत ६ गते

काठमाडौँ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
क्यान्द्वारा आज जारी प्रेस विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।
क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले रु १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले रु पाँच लाख पाउनेछन् ।
काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानबाट सुरु हुने उक्त प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन हुनेछन् ।
२०८२ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








