बालेन प्रधानमन्त्री बन्ने पक्का हुँदा चुनाव हारेका विमलेन्द्र निधि खुशी !

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै निधिले पहिलोपटक मधेसी मूलका व्यक्ति प्रधानमन्त्री बन्न लागेको उल्लेख गरेका छन् । ‘बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ । पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ,’ उनले लेखेका छन् ।

यस घटनालाई उनले ऐतिहासिक राजनीतिक रूपान्तरणको संज्ञा दिएका छन् । ‘यो असली र ऐतिहासिक राजनीतिक रूपान्तरण हो, पुस्तान्तरण मात्र होइन । देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ,’ निधिले भनेका छन् ।

नेता निधिले प्रधानमन्त्री बन्न लागेका शाहलाई बधाईसमेत दिएका छन् । ‘म चुनाव हारे पनि साह्रै हर्षित छु । बालेन शाहलाई बधाई छ !’ उनले उल्लेख गरेका छन् ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा निधि धनुषा–३ बाट पराजित भएका थिए ।

प्रतिक्रिया

One thought on “बालेन प्रधानमन्त्री बन्ने पक्का हुँदा चुनाव हारेका विमलेन्द्र निधि खुशी !

  1. तिमीहरूले हो पहाडी र तराई भनेर खाल्डो खनेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =