माइतीघरमा रक्षा बममाथि दुर्व्यवहार, नेपाल जेनजी फ्रन्टको आपत्ति

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्नी संयोजकमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारको हामी घोर भर्त्सना गर्दछौं । नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ । यस्तो संवैधानिक अधिकार प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि भएको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन ।”

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू विगत ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन् ।

उक्त प्रदर्शनकै क्रममा रक्षा बमविरुद्ध आन्दोलनका केही घाइते अगुवाहरूले नाराबाजी गरेका थिए । फ्रन्टले आन्दोलनभित्रकै व्यक्तिमाथि हुने यस्ता दुव्र्यवहारले समग्र आन्दोलन कमजोर बन्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =