ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवक

काठमाडाैं । गाजा सहरको पुरानो सहरमा रहेको ग्रेट ओमारी मस्जिदको पुस्तकालयको छतमा एउटा ठूलो प्वाल छ । त्यही प्वालबाट सूर्यको किरण भित्र छिर्छ र भग्नावशेषमुनि दबिएका, जलेका र च्यातिएका पुस्तकहरूको थुप्रोलाई उज्यालो बनाउँछ ।

७ अक्टोबर २०२३ मा इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु हुनुअघि यो पुस्तकालय साहित्य, इतिहास, चिकित्सा र कानुनका पुस्तकहरूको ठूलो भण्डार थियो । यहाँ विद्यार्थी, अनुसन्धानकर्ता र सम्पदा प्रेमीहरूको घुइँचो लाग्ने गर्थ्यो । आज, यो हल भग्नावशेषमा परिणत भएको छ । तर स्वयंसेवकहरू र सम्पदा कार्यकर्ताहरूले जीवित रहेका पुस्तकहरू र पाण्डुलिपिहरू उद्धार गर्न एउटा विशेष अभियान सुरु गरेका छन् ।

ग्रेट ओमारी मस्जिद गाजा पट्टीको सबैभन्दा ठूलो र पुरानो मस्जिदहरूमध्ये एक हो । जुन लगभग ४,१०० वर्ग मिटरमा फैलिएको छ । यसको पुस्तकालयमा करिब २० हजार पुस्तक र पाण्डुलिपिहरू थिए । तर प्रारम्भिक मूल्याङ्कन अनुसार डिसेम्बर २०२३ को बमबारीपछि मात्र ४ हजार जति पुस्तकहरू उद्धार वा पुनर्स्थापना गर्न सकिने अवस्थामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =