पाकिस्तानको कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । अधिकारीहरूका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूका अनुसार भारी वर्षापछि सहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको छ ।

जसले सहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको छ । रेस्क्यु ११२२ का कर्मचारीहरूले बताए अनुसार देशको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ । सहरका अन्य विभिन्न क्षेत्रमा थप ६ जनाको मृत्यु भएको छ । जसमा कायद आबाद क्षेत्रमा घरको छाना भत्किँदा ज्यान गुमाउने एक दम्पती पनि समावेश छन् ।

कराँचीका मेयर मुर्तजा वहाबले सहरमा तीव्र हावाहुरीसहित भारी वर्षा भइरहेको बताउँदै बासिन्दाहरूलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन् । सिन्धका स्थानीय सरकार मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीसहितको वर्षापछि कराँची लगायत प्रान्तभर उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =