ट्रम्पले भने- इरानमा सेना पठाउने छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका-इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् । 

ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताए । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण सुरु गरेका थिए । जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्‍याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =