विज्ञान–प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न महावीर पुनको माग

काठमाडौं । पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उद्यमशीलता विकास गर्न शक्तिशाली नवप्रवर्तन मन्त्रालय आवश्यक रहेको बताएका हुन् ।

‘प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर, उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान–प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ,’ उनले उल्लेख गरेका छन् । साथै, अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पुनले म्याग्दी बाट स्वतन्त्र उम्मेदवारी दिएर विजय हासिल गरेका हुन् ।

यसअघि ‘जेनजी आन्दोलन’पछि उनी शिक्षामन्त्री बनेका थिए । निर्वाचनमा उम्मेदवारी दिने निर्णयसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसपटक निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =