सरकार गठनका लागि रास्वपाका शीर्ष नेताबीच छलफल
२०८२ चैत ५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याल बीच भेट भएको हो ।
भेट काठमाडौंको दरबारमार्गस्थित रोयल सिङ्गीमा सम्पन्न भएको बताइएको छ ।
उपसभापति वाग्लेले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्– “राजकाज! आज साँझको छलफल !”
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सरकार गठन र मन्त्री छनोटका विषयमा पनि छलफल भएको बताइएको छ ।
२०८२ चैत ५ गते
प्रतिक्रिया








