सुर्खेत हुँदै मुगु पुगिन् प्रधानमन्त्री कार्की

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्की बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी छन् । कर्णाली भ्रमणको सिलसिलामा उनी प्रसिद्ध पर्यटकीय स्थल रारा ताल पुगेकी हुन् ।

रारा पुगेर उनले तालको वस्तुस्थिति अवलोकन गरिन् । त्यहाँ उनले स्थानीय सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयले उनी राराको अवलोकन र सुरक्षा अधिकारीहरूसँगको छलफलका लागि त्यहाँ पुगेको बताइन् ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्लाको भ्रमण सकेर उनी शुक्रबार त्यहीँबाटै जनकपुर प्रस्थान गर्ने योजना रहेको छ । मुगु र जुम्लामा हुने अन्य औपचारिक कार्यक्रमबारे विस्तृत विवरण भने प्राप्त नभएको प्रजिअ खत्रीले बताए । प्रधानमन्त्रीसँगै उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =