पश्चिमी वायुको प्रभाव : मेघगर्जन र चट्याङ्गसहित वर्षाको चेतावनी

काठमाडौं । मुलुकभर पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भेगमा साधारणतया बदली हुनुका साथै कोशी र मधेस प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने सम्भावना छ । तराईका बाँकी क्षेत्रमा भने मौसम आंशिक बदली रहनेछ । महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू तथा लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने देखिएको छ ।

राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा बदलीकै स्थिति रहनेछ । तराईका बाँकी भूभागमा भने आंशिक बदली रहने प्रक्षेपण गरिएको छ । रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू तथा लुम्बिनी र गण्डकीका थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना छ । बागमती र कोशी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =