जनताले रास्वपालाई पत्याए, तीन महिना अरुले बोल्नु बेकार होः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन जितपछि नयाँ सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रास्वपाले चुनाव जितेको उल्लेख गर्दै सरकार कसरी चलाउने भन्ने जिम्मा उनीहरूकै भएको बताएका हुन् । उनले नयाँ सरकारले काम सुरु गरेको पहिलो तीन महिनासम्म अन्य पक्षले टिप्पणी गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।

बास्कोटाले जनतालाई सधैं साझा शक्ति भएको उल्लेख गर्दै यस पटक आम जनताको रोजाइ रास्वपातर्फ गएको बताए । “जनता साझा थिए, छन् र रहनेछन्, फरक यति हो कि यसपटक उनीहरूको रोजाइमा रास्वपा प¥यो,” उनले भने ।

उनका अनुसार जनताले रास्वपाका प्रतिबद्धता पत्याएको संकेत देखिएको छ । साथै, अनावश्यक आलोचना र विवाद नगर्न आग्रह गर्दै “खाँबो चिथोर्न बन्द गरे हुने” टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =