प्रभु बैंकको बौद्ध शाखाद्वारा ‘Accounting for Growth’ कार्यक्रम सञ्चालन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले  ‘Smart Money Talks’ भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत मिति २०८२ चैत्र ०२ गते देखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।

बैंकले ‘Smart Money Talks’  भन्ने विषयमा केन्द्रित भई सूक्ष्म, साना र मझौला उद्यम व्यवसाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजात सम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरूको बारेमा समेत जानकारी गराई व्यवसायीहरूलाई वित्तीय सहजता हुने अपेक्षा गरी होटल अनुत्तरा, बौद्धमा एक दिने Accounting for growth कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =