एलजीले नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्यो ‘एसेन्शियल सिरिज’ घरेलु उपकरण

काठमाडौँ । LG Electronics Singapore Pte. Ltd. ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ ।
पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
कम्पनीका अनुसार ‘हरेक घरको खुसी, घर–घरमा LG’ अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने LG को विश्वास रहेको छ ।
नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन् ।
नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू
LG Essential Series Double-Door Refrigerator
Frost-Free Technology सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ । Smart Mode सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठुलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ ।
LG Essential Series Fully Automatic Top-Load Washing Machine
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा ProShield Motor, BMC Cover तथा IPX4 प्रमाणित Water-Resistant Control Panel जस्ता सुविधाहरू समावेश छन् । साथै Low-Pressure Fill Technology ले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ ।
LG Essential Series Room Air Conditioner
ऊर्जा–दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी Cooling तथा Heating सुविधा प्रदान गर्दछ। परम्परागत Non-Inverter Air Conditioner को तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री R32 Refrigerant प्रयोग गरिएको छ । साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ ।
LG Essential Series को बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ । प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु। ४९,६९० बाट सुरु हुनेछ । उत्पादनहरू देशभरका आधिकारिक LG Brand Shop, Multi-Brand Retail Outlet तथा प्रमुख E-commerce Platform मार्फत उपलब्ध हुनेछन् ।








