उपभोक्ताहरू भन्छन्- आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महसुस गरेका छौँ

काठमाडौँ । उपभोक्ताहरूले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् ।

मंगलवार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् ।

गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो ।

एक उपभोक्ताले भने ‘ग्याँसहरू कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भइहाल्यो । यस्तै हो । गाह्रो भइराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’

नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरे । उपभोक्ताहरूले ग्याँसको अभावमा आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

उनले भने ‘म कलंकी बस्छु । मैले १० दिन भयो खशी बजारमा नाम लेखाएको । तर मेरो चाहिँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाइहरूको ग्याँसै सकियो । खाना पाकेन उनीहरूको । आज चाही अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधार सिलिण्डर भएपनि लिइयो । थ्यांकक्यू उहाँहरूलाई ।’

यता, आयल निगमले भने उपभोक्ताहरूको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =