रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
२०८२ चैत २ गते

फाइल तस्बिर / मकालुखबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पिसाबको संक्रमणका कारण निरन्तर ज्वरो आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएपछि आज उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
अस्पतालमै रहँदा पनि लामिछानेले पार्टी गतिविधिमा सहभागिता जनाएका थिए । हिजो बसेको पार्टीको सचिवालय बैठकमा उनले भर्चुअल माध्यमबाट भाग लिएका थिए ।
अस्पतालमा उपचारका क्रममा उनलाई सीमित व्यक्तिहरूले मात्र भेट्ने व्यवस्था गरिएको थियो ।
२०८२ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








