जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छः शङ्कर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उहाँले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताए ।

उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए ।

उनले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनसक्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =