एनआरएनहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्छुः शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आवद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

उनले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले एनआरएनहरुका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उनको भनाइ छ ।

उनले विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने समेत बताए ।

उनले वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका लागि आवश्यक योजनाअनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =