समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदको सूची सार्वजनिक (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० जना सांसदको नामावली सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) अनुसार सम्बन्धित राजनीतिक दलहरूले छनोट गरी पेस गरेका उम्मेदवारहरूको विवरण आयोगले सार्वजनिक गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फबाट निर्वाचित उम्मेदवारहरूलाई आगामी बिहीबार बिहान साढे ११ बजे आयोग परिसरबाट निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रमाणपत्र लिन आउँदा सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा पासपोर्ट साइजका दुई प्रति फोटो साथमा ल्याउनुपर्ने आयोगले जनाएको छ ।

यसका साथै आयोगले कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन पनि निर्वाचित सदस्यहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =