पैसाको सदुपयोग गर्न जान्नुपर्छ: गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताएका छन् ।

सोमवार ग्लोबल मनी विकलाई सम्बोधन गदैँ पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताएका हुन् ।

बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताए ।

गभर्नर पौडेलले भने ‘पहिलापहिला जमनामा ऋण तिर्न जानेन भने तपाइलाई जिन्दगीभर कमारो बनाइदिन्थे । तपाइले अरूका लागि काम गर्नुपथ्यो । तपाइको बा, हजुरबाले त्यतिबेला राम्रोसँग पैसा चलाउन जान्नु हुँदैनथ्यो । त्यतिबेला जे गर्छु भनेर पैसा लग्नुभयो, गरेनन् । ऋण सदुपयोग गरेनन् । अहिले पनि अरूको पैसा लिएर गएर दुरुपयोग गरियो भने त्यसको क्षति धेरै ठूलो हुन्छ । त्यो बुझ्न एकदमै जरुरी छ । पैसा भनेको राम्रोसँग चलाउने चिज हो । पैसा सदुपयोग गर्ने चिज हो । मेहनत गरेर कमाएको चिज हो । सदुपयोग गरेर चलाउनुपर्छ ।’

गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताए । उनकाअनुसार मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्छ । अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =