नेकपाको समानुपातिक सूचीमा माधव नेपाल पक्षका दुई जना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् ।

नेपाल पक्षबाट प्रमेश हमाल गणेश विश्वकर्माको नाम सूचीमा परेको हो । हमाल यसअघि नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेतामध्येमा गनिन्थे भने विश्वकर्मा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

यससँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा तीन पुगेको छ । नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन् ।

तर स्वयं माधवकुमार नेपाल भने निर्वाचित हुन सकेनन् । रौतहटमा उनी चौथो स्थानमा सीमित भएका थिए ।

नेकपाले समानुपातिकतर्फ सिट जितेको छ । तीमध्ये जना पुरुष जना महिलाको नाम आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए ।

समानुपातिकतर्फ नेकपाले पठाएको सूचीमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले प्रत्यक्षतर्फ भने सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =