पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
२०८२ चैत १ गते

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेकी हुन् । अध्यक्ष ओलीका पिता मोहनप्रसादको गत फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।
२०८२ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








