यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका चार जना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा र सरस्वती लामा (जनजाति महिला) धादिङलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुनेगरी उक्त नामहरू सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =