नयाँ बन्ने प्रधानमन्त्रीलाई हर्क साम्पाङको चेतावनी: ‘सदन र सडक दुवै तताउनेछु’
२०८२ चैत १ गते

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ बन्ने प्रधानमन्त्रीले मनलाग्दी निर्णय गरे सदन र सडक दुवै तताउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीले मनपरी निर्णय गरे त्यसको कडा प्रतिवाद गर्ने बताएका हुन् ।
साम्पाङले लेखेका छन्, ‘प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्छ भने सदन र सडक दुवै तताउने काम म गर्नेछु ।’ उनले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न आफू पछि नहट्ने संकेत समेत गरेका छन् ।
२०८२ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित









