भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता हुने

झापा । भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।

चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ ।

प्रतियोगितामा विजेता टोलीले रु ११ लाख नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुब्बाले बताए । महिला फुटबलको इतिहासमै यति धेरै नगद पुरस्कार पहिलोपल्ट दिइन लागेको हो ।

उनकाअनुसार नेपाल, भारत र भुटानका १० वटा महिला फुटबल टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालका शीर्ष टिमसहित भारत र भुटानको टिम आउने पक्का भइसकेको छ । आयोजकले अन्य देशबाट पनि टिम ल्याउने प्रयास गरिरहेको जनाएको छ ।

झापालाई महिला फुटबलको हब बनाउने र फुटबलबाटै भविष्य देखेका खेलाडीलाई प्रोत्साहित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने उनले बताए । प्रतियोगिताका लागि अहिले मेची रङ्गशालाको मैदानमा आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =