मनकामनाबाट फर्केको ईभी माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु
२०८२ फागुन ३० गते

काठमाडौँ । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना भएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको हो ।
सो माइक्रोमा भारतीय नागरिक सवार रहेको प्रहरीले जनाएको छ । कम्तीमा १४ जना माइक्रोमा सवार रहेकोमा ७ जनाको मृत्यु भएको र ७ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
जसमा चालक र सहचालक नेपाली रहेको स्थानीयले बताएका छन् । चालक भने हाम फालेर बाच्न सफल भएको स्थानीयले बताएका छन् ।
स्थानीय र प्रहरीको समन्वयमा उद्धार गरिएको हो ।
२०८२ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित









