औषधिका लागि सहुलियत दरमा लोन प्रवाह गर्न सरकारसँग व्यवसायीहरूको माग

काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा सहभागी भएका औषधि व्यवसायीहरूले सो माग गरेका हुन् ।

सरकारले नीतिगत रुपमा नै सहुलियतदरमा ऋण प्रवाह, कर छुटको व्यवस्था गर्नंसके नेपालको औषधि उत्पादन गुणस्तरीय हुने र त्यसमा नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने एप्पोनका मिडिया संयोजक शैलेस वैद्यले बताए ।

उनले भने ‘यो गोभर्मेन्ट र प्राईभेट क्षेत्रको पार्टनरसिपमा अघि बढ्नुपर्दछ । यो प्राईभेट इन्डस्ट्रीले के गरिराखेको छ होइन कि बरु तपाईँहरूलाई अघि बढाउनका लागि कसरी सहयोग गर्न सक्दछौ रु भन्ने भावना सरकारको हुनपर्दछ । जस्तो पोलिसी लेबलदेखि लिएर इम्पोर्ट पोसिलीदेखि लिएर, जस्तै टेक्नोलोजी ल्याउँदा त्यसमा कसरी सहयोग गर्ने रु लोनहरूको सवसिटी दिनेदेखि लिएर टेक्निकल इन्ह्यान्समेन्टदेखि लिएर सवसिटी दिने, सफट लोन दिने । त्यसले गर्दा क्यापासिटी बिल्डिङ टेक्नोलोजीमा अगाडि बढ्न सक्छौ । त्यसले गर्दा औषधिमा आत्मनिर्भर हुन सहयोग पुग्दछ । गुणस्तरीय औषधि निर्माणमा पनि यसले महत्त्वपूर्ण योगदान पुर्याउन सक्दछ ।’

३ दिनसम्म सञ्चालनमा आएको सो एक्स्पो आज समापन हुँँदैछ । एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ, उत्पादक र मेसिनको प्रदर्शन गरिएको थियो ।

एक्स्पोमा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता रहेको एप्पोनले जनाएको छ । सो एक्स्पोमा चिकित्सक, नर्स, औषधि उत्पादनकर्ता, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =