गगन थापालाई ३० बढी नेताको आग्रह– राजीनामा नदिनुस्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापालाई करिब ३० बढी केन्द्रीय सदस्यहरूले राजीनामा नदिन आग्रह गरेका छन् ।

शनिवार बिहान बालुवाटारमा थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू पुगेका थिए ।

सभापति थापासँग भेट्दै उक्त नेताहरूले राजीनामा नदिन आग्रह गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनले सभापति थापाको राजीनामा विकल्प नभएको बताए ।

साथै सभापति थापालाई अहिले राजीनामा दिएर कुनै निकास ननिस्कने भन्दै नदिन आफूहरूले भनेको समेत बताए ।

उनका अनुसार भेटमा पछिल्ला समसामयिक घटनाक्रम, चुनावी समीक्षालगायतको विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =