ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले ओलीका पिता मोहनप्रसाद ओलीको निधनले आफू दुःखी भएको बताएका छन् ।

उनले दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।

लामिछानेले शोक सन्देशमार्फत यस्तो दुःखद घडीमा परिवारजनलाई समवेदना प्रकट गरेका हुन् ।

रवि लामिछानेको पोष्ट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पुजनिय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =