हिन्दूराष्ट्र बनाए बालेन सरकारलाई दुई तिहाइ दिलाउन सहयोग र्छौंः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले सम्भावित बालेन्द्र शाह नेतृत्वको सरकारलाई संसदमा दुई तिहाइ बहुमत दिलाउन सर्त अघि सारेका छन् ।

उनले रास्वपा र बन्ने भनिएको बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमतका लागि संसदमा दुई सिट अपुग रहेको उल्लेख गर्दै राप्रपाको समर्थन सर्तसहित उपलब्ध हुने बताएका हुन् ।

थापाले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न सरकार तयार भए राप्रपाका पाँच सांसदले पूर्ण सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुई तिहाइ बहुमतका लागि दुई सिट कम छ । यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =