निर्वाचन प्रहरीहरूको स–सम्मान बिदाइ (तस्बिरहरू)
२०८२ फागुन २८ गते

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको छ । निर्वाचन सुरक्षार्थ अपुग सुरक्षाकर्मी पूर्ति गर्न हरेक निर्वाचनमा सरकारले अस्थायी रूपमा निर्वाचन (म्यादी) प्रहरी भर्ना गर्दै आइरहेको छ।
आज (बिहीबार) देश भरिको प्रहरी कार्यालयले आफू मातहत रहेका निर्वाचन प्रहरीलाई स-समान बिदाइ गरेको छ।
यस क्रममा बिहीबार काठमाडौँको बौद्ध प्रहरी वृत्त मातहत रहेका निर्वाचन प्रहरीको पनि बिदाइ गरिएको हो । वृत्त प्रमुख डिएसपी सन्तोष रोक्काले प्रमाणपत्र, टिका र खादा लगाएर उनीहरूको सम्मानपूर्वक बिदाइ गरेका छन्।
२१ फागुनमा सम्पन्न भएको निर्वाचनमा देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।
तस्बिरहरू:-

२०८२ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








