ओलीप्रति घिमिरेको तिखो टिप्पणी– सबै ठिक छ, महाराज !

काठमाडौं । एमाले नेता वासुदेव घिमिरेले पार्टीको लज्जास्पद हार र नेतृत्वको शैलीप्रति टिप्पणी गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही– सबै ठीक छ, महाराज ।’

चुनावअघि एमाले छाड्ने घोषणा गरेका घिमिरेलाई विष्णु पौडेल लगायत नेताहरूले सम्झाइबुझाइ गरेका थिए । तर रुपन्देही–३ बाट उम्मेदवार रहेकाले उनी जमानतसमेत जोगाउन सकेनन् ।

उक्त क्षेत्रमा डा. लेखजंग थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले घिमिरेलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =