काठमाडौं–५ मा सस्मित पोखरेलसँग पराजित पौडेलले खर्च गरे २३ लाख ८६ हजार
२०८२ फागुन २८ गते

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव लड्दा २३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
पौडेलले निर्वाचन प्रचार–प्रसार, कार्यक्रम सञ्चालन, यातायात, कार्यालय व्यवस्थापनलगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको उल्लेख गर्दै आयोगमा खर्च विवरण पेश गरेका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका थिए ।
उक्त निर्वाचनमा पोखरेलले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै विजयी भएका थिए भने पौडेलले ९ हजार १ सय ५९ मत प्राप्त गरेका थिए ।

२०८२ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित









