मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल

काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन र नागरिक तथा नागरिक पूर्वाधारमाथिका सबै आक्रमणहरूको निन्दा गर्ने मस्यौदा प्रस्ताव पारित गर्न असफल भएको छ ।

रिषद्ले रुसद्वारा प्रायोजित उक्त मस्यौदा प्रस्तावलाई अस्वीकार गर्यो । जसमा पक्षमा चार मत, विपक्षमा दुई मत र नौ सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए । रुस, चीन, पाकिस्तान र सोमालियाले प्रस्तावको पक्षमा मतदान गरे भने संयुक्त राज्य अमेरिका र लाटभियाले यसको विपक्षमा मतदान गरे ।

यसअघि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी एउटा अर्को मस्यौदा प्रस्ताव पारित गरेको थियो । यो संकट फेब्रुअरी २८ मा सुरु भएको अमेरिका र इजरायलको इरानमाथिको संयुक्त सैन्य आक्रमण र त्यसपछि यस क्षेत्रभरि इरानले गरेको जवाफी कारबाहीका कारण उत्पन्न भएको हो । खाडी सहयोग परिषद्को तर्फबाट बहराइनले पेस गरेको उक्त मस्यौदा प्रस्ताव १३ मतको समर्थन र दुई मतको अनुपस्थितिमा पारित भएको थियो ।

यस प्रस्तावले जीसीसी देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ । इरानलाई ती देशहरूमाथि आक्रमण तुरुन्त बन्द गर्न माग गरेको छ र त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =