कालिकोट-१ मा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी
२०८२ फागुन २२ गते

सुर्खेत । कालिकोट १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
शुक्रवार रातिको अन्तिम मत परिणाम अनुसार शाहीले ११,३३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १०,३५२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेपाली काँग्रेसका हर्षबहादुर बमले ७,९३३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले ४,५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २,१३७ मत प्राप्त गरेका छन् ।
२०८२ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








