कुवेतस्थित अमेरिकी दूतावास ‘अनिश्चितकालका लागि’ बन्द

काठमाडौं । मध्यपूर्वमा विद्यमान तनावको कारण देखाउँदै कुवेतस्थित अमेरिकी दूतावास अर्को सूचना प्रकाशित नभएसम्मका बन्द भएको छ ।

दूतावासले भिसाका लागि नियमित र आकस्मिक कन्सूसर सेवा पनि स्थगित भएको सूचना जारी गरेको छ ।

सोमवार अमेरिकाको विदेश मन्त्रालयले कुवेतसहित मध्यपूर्वका देशमा भएका आफ्ना सबै नागरिकहरूलाई अन्यत्र जान आह्वान गरेको थियो ।

सोमवार कुवेतमा अमेरिकाका तीनवटा लडाकु विमानहरू “आफ्नै पक्षले त्रुटिवश गरेको आक्रमण”मा परेका थिए ।

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएपछि कुवेतस्थित कूटनीतिक नियोग पनि बन्द भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =