मोरङ–३

डा.सुनिल शर्माले गरे १० हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष संवाद, जित निश्चित देखिएको दाबी

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित देखिएको दाबी गरेका छन् ।

आफ्नो क्षेत्रअन्तर्गत पर्ने बेलबारी, पथरी, कानेपोखरी र सुन्दरहरैचाका झण्डै १० हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष संवाद गरिएको बताउँदै उनले आफ्नो सुनिश्चित रहेको बताए । उनले आफूले भेटेका ७० प्रतिशतभन्दा बढीले आफुलाई मत दिने बताएका दाबी गरे ।

उम्मेदवार शर्मा सुरुबाटै ‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिएका थिए । उनले आफ्नो पक्षमा मतदाताको समर्थन उल्लेख्य रहेको विभिन्न अध्ययन रिपोर्टहरूले देखाएको बताए ।

पार्टीले गरेको सर्वेक्षणले आफूलाई ६५ देखि ७० हजार मत प्राप्त हुने अनुमान गरेको दाबी गरे । मतदाताहरूले सुख–दुःखमा साथ दिने र क्षेत्रको विकासमा पहल गर्ने उम्मेदवारका रूपमा शर्मालाई समर्थन गर्ने बताएका छन् ।

केही अन्य दलका उम्मेदवारहरूले सार्वजनिक रूपमा प्रतिस्पर्धा गरे पनि आन्तरिक रूपमा शर्मालाई सघाउने सहमति भएको दाबीसमेत गरिएको छ ।

सुनिल शर्मा यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दोब्बर मतान्तरले विजयी भएका थिए । निर्वाचित भएपछि उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासका विषयमा सक्रिय भूमिका खेलेको स्थानीयहरु बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापनाको पहल, निजी क्षेत्रमार्फत स्वास्थ्य सेवामा सहुलियत तथा क्षेत्रका नागरिकलाई विशेष छुटको व्यवस्था जस्ता कार्यक्रमले मतदातामाझ उनको प्रभाव बढेको उल्लेख गरिएको छ ।

उनले राज्यकोषबाट सुविधा तथा भत्ता नलिएको दाबी गर्दै निजी स्तरबाट स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको पनि जनाइएको छ । मोरङ–३ मा १ लाख ५७ हजार ५८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =