मध्यपूर्वमा रहेका सबै नेपाली नागरिक सुरक्षित छन्: सरकार

दूतावासहरूलाई उच्च सतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिएका हुन् ।

उनकाअनुसार बैठकमा मन्त्रीहरूले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् ।

उनले प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको जानकारी समेत जानकारी समेत गराए । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिए ।

उनले भने ‘आजको बैठकमा मध्यपूर्वमा जारी युद्धको बारेमा छलफल भयो । यस युद्धबाट नेपाललाई परेको प्रभाव, नेपालले यसमा कसरी प्रतिक्रिया दिने रु नेपाली नागरिकहरूको सुरक्षाको विषयमा छलफल भयो । नेपालबाट बाहिर जाने विदेशी श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको समस्याको समाधान भइसकेको छ । श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेको विमानस्थलमा देखिएको समस्याको समाधान गरिसकेको छ । ट्राभल एड्भाइजरीहरु प्रकाशन भइसकेका छन् । अर्को, सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्टहरुलाई भएको असुविधाबारे पनि छलफलहरू भए । उहाँहरूको सुविधाको लागि हरेक देशका राजदूतावासका राजदुतहरुसँग समन्वय गरेर गन्तव्यमा पुर्याउने तथा जान नसक्नेहरूलाई सम्बन्धित कम्पनीले नै रेखदेख गर्नेगरी समन्वय भइसकेको छ । मध्यपूर्वमा रहेका नेपालीहरूको अहिलेसम्म कसैको पनि हताहत नभएको र सुरक्षाको निम्ति प्रबन्ध मिलाइसकेको जानकारी गराउँदछु ।’

उनले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकिएको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =