‘शून्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्नू’

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त आह्वान गरेका हुन् ।

निर्वाचन सम्बन्धी ऐन नियममा ‘मौन अवधि’ भन्ने शब्द कतै पनि प्रयुक्त नभएकाले यसलाई ‘शून्य समय’ वा ‘स्थिर समय’ भन्नु नै कानुनसम्मत हुने बताएका छन् ।

शब्दावलीको प्रयोगमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले १८ गते राति १२ बजेदेखि शून्य समय सुरु हुने बताए । उनले यो संवेदनशील समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्न र समाजलाई सही दिशामा डोर्याउन आग्रह गरे ।

उनले भने ‘मैले यसलाई मौन अवधि भनेर कुनै पनि निर्वाचन सम्बन्धी ऐन नियमले सम्बोधन नगरेको हुनाले शून्य समय वा स्थिर समय भन्ने गरेको छु । सञ्चार जगतले समाजलाई एउटा अनुशासनको शिक्षा दिएर अगाडि ल्याउने कार्यमा असाध्यै राम्रो भूमिका खेलिरहेको छ ।’

उनले सञ्चार जगतलाई निर्वाचन आयोगको सहयोगी शक्तिका रूपमा चित्रण गर्दै यो समयमा संयमित र जिम्मेवार बन्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =