यस्तो छ आजका लागि तरकारीकाे मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रूपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रूपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३२ रूपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रूपैयाँ, आलु रातो प्रतिकिलो २५ रूपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रूपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रूपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रूपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रूपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रूपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३५ रूपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रूपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ५० रूपैयाँ, काउली तराई प्रतिकिलो ४० रूपैयाँ, रातो मूला प्रतिकिलो ४० रूपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रूपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रूपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ८० रूपैयाँ र भन्टा डल्लो प्रतिकिलो ८५ रूपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रूपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रूपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रूपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रूपैयाँ कायम गरिएको छ ।
स्याउ (झोले) प्रतिकिलो २५० रूपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १९० रूपैयाँ, कागती प्रतिकिलो २५० रूपैयाँ, अनार प्रतिकिलो ३८० रूपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३२० रूपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १८० रूपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रूपैयाँ, मौसम प्रतिकिलो १५० रूपैयाँ, जुनार प्रतिकिलो १२० रूपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रूपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ११० रूपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ६५ रूपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ९० रूपैयाँ, रुख कटहर प्रतिकिलो १२० रूपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रूपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रूपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रूपैयाँ, लप्सी प्रतिकिलो २२० रूपैयाँ, किनु प्रतिकिलो १३० रूपैयाँ, स्ट्रबेरी प्रतिकिलो ५०० रूपैयाँ, किबी प्रतिकिलो ३५० रूपैयाँ र एभोकाडो प्रतिकिलो ४०० रूपैयाँ निर्धारण गरिएको छ ।








